१० पुष २०७४, सोमबार

काठमाडौं । प्रदेशको राजधानी कहाँ राख्ने,सरकार निर्माण र मुख्यमन्त्री को बन्ने अहिलेको प्रमुख बिषय यही छ । ७ वटै प्रदेशमा यो बिषय यतिबेला चर्चाको बिषय बनिरहेको देखिन्छ। प्रदेश १ मा एमालेका चार नेता मुख्य मन्त्रीको दौडमा रहेका छन् । जसमा भीम आचार्य, शेरधन राई, राजेन्द्र राई र हिक्मत कार्की मुख्यमन्त्री दौडमा उत्रिएका छन् । प्रदेश २ मा मधेसवादी दलको सरकार बन्ने सम्भावना रहेकाले यहाँ एमाले र माओवादी केन्द्रका नेता मुख्य मन्त्रीको खासै दौड देखिन्दैन। सत्यनारायण मण्डल एमालेका मुख्य मन्त्रीका दाबेदारका रूपमा आएका छन् ।

प्रदेश ३ मा एमालेबाट अष्टलक्ष्मी शाक्य, पशुपति चौलागाईं, राजेन्द्र पाण्डे, अरुण नेपाल र केशव स्थापित मुख्य मन्त्रीको दौडमा छन् । प्रदेश ४ मा एमालेबाट पृथ्वी सुब्बा गुरुङ र किरण गुरुङ मुख्य मन्त्रीको दौडमा छन् । प्रदेश ५ मा एमालेका शङ्कर पोखरेल सबैभन्दा अगाडि छन् । उनको प्रतिस्पर्धामा अर्को कोही नेता मैदानमा उत्रेका छैनन् ।
प्रदेश ६ मा माओवादीको दाबी छ । माओवादीका तर्फबाट महेन्द्रबहादुर शाही र नरेश भण्डारी मुख्य मन्त्रीको दौडमा छन् । एमालेले पाए प्रकाश ज्वाला पनि मुख्य मन्त्रीका प्रमुख दाबेदार हुन् । प्रदेश ७ मा पनि माओवादीको दाबी छ । माओवादीका नेताहरू वीरमान चौधरी र झपड बोहोरा मुख्य मन्त्रीका दाबेदार छन् । एमालेका प्रकाश शाह, दीर्घ सोडारी र तारा लामाले पनि मुख्य मन्त्रीको दाबी पेश गरेका छन् ।

यसैबिच सरकार गठनका लागी मन्त्रीका आकांक्षीहरु बढेका छन । एमालेबाट भीम रावल, ईश्वर पोखरेल, विष्णु पौडेल, धनश्याम भुसाल, योगेश भट्टराई, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, पार्वत गुरुङ, रवीन्द्र अधिकारी, सोमप्रसाद पाण्डे, लालबावु पण्डित, अग्नि खरेल, नागेन्द्र चौधरी, पद्मा अर्याल, गोकुल बास्कोटा, महेश बस्नेत, जीवनराम श्रेष्ठ, प्रेम आले, नरबहादुर धामी, गणेश ठगुन्ना, दीपकप्रकाश भट्टलगायतका नेता मन्त्रीको दौडमा छन् ।

माओवादीबाट कृष्णबहादुर महरा, टोपबहादुर रायमाझी, वर्षमान पुन, देव गुरुङ, जनार्दन शर्मा, शक्ति बस्नेत, पम्फा भुसाल, मात्रिका यादव, हरिबोल गजुरेल, अग्नि सापकोटा, देवेन्द्र पौडेल, चक्रपाणी खनाल बलदेव, राम कार्की, लेखराज भट्ट, अमनलाल मोदी, सन्तकुमार थारु, हितबहादुर तामाङ, कमला रोका, सुरेश राई लगायतका नेताहरू मन्त्री बन्ने दौडमा रहेका छन् ।

LIVE TV