१० पुष २०७४, सोमबार

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले अब बन्ने सरकारमा आफ्नो पार्टी सहभागी नहुने प्रष्ट पार्नुभएको छ । उहाँले आफ्नो संविधान संशोधनको माग पूरा नभएसम्म सरकारमा जाने बारे नसोचिने समेत बताउनुभयो ।

केही दिनयता एमाले र फोरमको सरकार बन्ने चर्चा चलिरहेका बेला अध्यक्ष यादवले सरकारमा जानेबारे नसोचेको प्रष्ट्याउनुभएको हो । उहाँले बाम गठबन्धनकै सरकार बन्नु पर्ने जनमत भएको उल्लेख गर्दै जनादेश अनुसार सरकार गठन गर्न बाम नेतृत्वलाई सुझाव दिनुभयो ।

एमाले नेतृत्वसँग भेटभएको भएपनि सरकारबारे छलफल नभएको उहाँको भनाई थियो । उहाँले एमालेसँग आफ्ना मागबारे छलफल भएको जानकारी दिनुभयो । उहाँले संविधान संशोधनको विकल्प नभएको समेत बताउनुभयो ।

LIVE TV