१० पुष २०७४, सोमबार
  • ज्योति कुमार पन्थी,

बर्दिया । बर्दिया जिल्लाको सदरमुकाम गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोडने जब्दी घाटमा निर्माण गरिएको पुल निर्माण भएको एक बर्ष नबित्दै भासिएको छ ।

FILE PICTURE

पुलका चार वटा पिलर भासिए पछि अहिले बर्दिया जिल्लामा मात्र नभई देश भरिनै यो चर्चाको बिषय बनेको छ । बर्दियाको बबई नदीमा जब्दी घाटमा निर्माण गरिएको पुल निर्माण सम्पन्न नभई भासिए पछि त्यसमा ब्यापक आर्थिक चलखेल भएको आशंका गरिन थालिएको छ ।

पुल निर्माणको एक बर्ष समेत नबित्दै पुलका चार पिलर भासिए पछि अहिलेपुल समेत कोल्टे परेको छ । पुल निर्माण पूर्व नै पुलको केही भाग बाँगो भएको भए पनि सडक डिभिजन कार्यालय बाके निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनको लापरवाहीका कारण पुल कमजोर बनेको स्थानीयवासीको आरोप छ ।

पुलको बारेमा पटक पटक न्युज २४ टेलिभिजन र सिधाकुरा जनतासँग कार्यक्रममा बारम्बार प्रश्न उठाए पछि अहिले निर्माण कम्प्नी पप्पु कन्स्टक्सनले समेत आफनो गल्ती स्वीकार गरेको छ । पप्पु कन्स्ट्रक्सनका तत्कालीन सञ्चालक हरिनारायण रौनियारले आफनो गल्ती नभएको बताउँदै आए पनि अहिले निर्माण कम्पनीले नदीको च्यानलाईजेशन शुरु गरेको छ ।

जब्दी घाट स्थित बबई नदी उत्तर तर्फ बगेको भए पनि अहिले नदी दक्षिण तर्फ फर्काउँनका लागि ठेकेदार कप्पनी पप्पु कन्स्ट्रक्सनले स्काभेटर . प्रयोगगरी च्यानलाईजेशनको काम शुरु गरेका कारण निर्माण कम्पनीले आफनो गल्ति स्वीकार गरि सकेको सडक डिभिजन कार्यालय बाँकेका प्रमुख अर्जुन बलमे जानकारी दिनुभयो ।

यता पप्पु कन्सट्रक्सनले निर्माण गरेको पुल भासिए पछि अहिले इञ्जिनियरिङ संस्थान काठमाण्डौको चार जनाको टोली पुल अनुसन्धान गर्न सोमबार बर्दिया पुगेका छन । टोलीले स्थलगत अनुसन्धान गरि सडक डिभिजन कार्यालय पुल महाशाखालाई प्रतिवेदन बुझाउँने बताईएको छ ।

अनुसन्धान गर्न बर्दिया पुगेको टोलीमा नरेन्द्रमान शाक्य, नारायण गौतम, ईन्द्र आचार्य र भरत मण्डल सहितको टोली बर्दिया पुगेको हो । बर्दिया पुगेको टोलीले अनुसन्धान गरि आफनो प्रतिवेदन पुल महाशाखालाई बझुाउँने तयारी साथ बर्दिया आएको टोलीका सँयोजनक नरेन्द्रमान शाक्यले बताउँनु भयो ।

पटक पटक जब्दीघाटमा निर्माण गरिएको पुलमा ब्यापक अनियमितता भएको समाचार प्रशारण भए पछि अहिले अनुसन्धान गर्ने टोली बर्दिया पुग्दा बर्दियावासी समेत हषित बनेका छन ।

 

LIVE TV