१० पुष २०७४, सोमबार

काठमाडौं । अफगानिस्तानको काबुलमा आत्मघाती बिस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ । काबुलस्थित एक गुप्तचर निकायको कार्यालय परिसरमा गराइएको विस्फोटमा अन्य तीन जना घाइते भएका छन् ।

पैदलै हिँडेर आएका अज्ञात ब्यक्तिले गुप्तचर निकायका कर्मचारीलाई लक्षित गरी आत्मघाती बिस्फोट गराएको अधिकारीहरुले बताएका छन् ।

अफगानिस्तानमा अघिल्लो महिना भएको तालिवानी आक्रमणमा दुई सय भन्दा बढी मारिएका थिए । गत मे मा मात्रै कुटनीतिक नियोगका कर्मचारीको आवासमा गराइएको बिस्फोटमा १ सय ५० जना मारिएका थिए । एजेन्सी

LIVE TV