१० पुष २०७४, सोमबार

दार्चुला । नेपाली सेना र प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्रउ परेका छन् । सर्वसाधारणलाई सेना र प्रहरीमा लगाइदिन्छु भन्दै प्रलोभनमा पारेर ठगी गर्ने रौतहट जिल्ला चन्द्रपुर नगरपालिका–८ का ३७ वर्षीय कमल पोख्रेललाई पक्राउ गरेको हो ।

पीडितले सेना प्रहरी बनाइदिन्छु भन्दै रकम उठाएर ठगी गरेको उजुरीदिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले बताए । पोख्रेललाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताए ।

LIVE TV