१० पुष २०७४, सोमबार

प्रदीप

राष्ट्रिय सभा गठन सम्बन्धि अध्यादेशको विवादमा केही लचकता देखाएर नै समाधान गर्नुपर्ने जनाएपछि माओवादी केन्द्रले गठबन्धनको सहत्रायी दल एमालेमाथि दबाब बढाएको छ । अध्यादेश रोकेर राख्दा राष्ट्रपति अप्ठेरोमा पर्न थालेको र निर्वाचन परिणाम घोषणादेखि नयाँ सरकार गठन प्रक्रियामा समेत विलम्ब हुन थालेको उल्लेख गर्दै छिटो टुंग्याउनेतर्फ लाग्नुपर्ने माओवादीले जोड दिएको छ ।

राष्ट्रिय सभामा प्रतिपक्ष विना कुनै पनि काम सही ढंगले हुन नसक्ने भन्दै प्रतिपक्षलाई समेत समेटेर विवादलाई चिर्न जरुरी रहेको जनाएको छ । माओवादीले एकल संक्रमणीय प्रणालीमै जानुपर्ने कांग्रेसको अडानको समर्थन गर्नेबारे औपचारिक रुपमा कुनै निर्णय नगरेपनि राजनीतिक गतिरोधको निकास निकाल्न जरुरी रहेको जनाएको छ ।

विवादमा राष्ट्रपतिलाई समेत मुछ्नु मनासिव नहुने भन्दै निर्वाचन परिणाम र सरकार गठनको बाधा अड्चनका रुपमा हेरिएको अध्यादेशको विषयलाई टुग्याउनुपर्ने भन्दै एमालेलाई आग्रह समेत गरेको छ । यता प्रदेश सभा तर्फको समानुपातिकतर्फको मतपरिणामबाट सिट संख्याको टुंगो लगाएपनि प्रदेश प्रमुख नतोकिँदा निर्वाचन आयोग समेत समस्यामा परेको छ ।

LIVE TV