१० पुष २०७४, सोमबार

एजेन्सी । डेनमार्कको कोपेनहेगनमा ठूलो परिमाणमा लागुऔषध बोकेर भाग्दै गरेका उनी ट्याक्सी सोचेर प्रहरीको गाडी चढेको छ । ठूलो परिमाणमा लागुऔषध बोकेर भाग्दै गरेका उनी उफ्रेर एउटा गाडीको पछाडि चढेको हो ।

डेनमार्कको प्रहरीका अनुसार ती व्यक्ति घरतर्फ भाग्दै गर्दा आफै प्रहरीको फन्दामा परेका हुन् । यो घटना राजधानीको क्रिश्चियानामा भएको हो । प्रहरीका अनुसार ती व्यक्तिलाई हिरासतमा लिएर अनुसन्धान भैरहेको छ ।

प्रहरी भने ठूलो परिमाणको लागुऔषधसहित लागुऔषध कारोबारी हात लागेकाले मख्ख छ । यही महिना मात्रै प्रहरीले क्रिश्चियानामा दर्जनौं पटक छापा मारेको छ ।

LIVE TV