९ पुष २०७४, आईतवार

काठमाडौं। मेरो गौरव , मेरो पौरख मेरो खेलकुद भन्ने मुल नाराकासाथ हरेक दई दई वर्षमा आयोजना गर्ने उदेश्यका साथ आयोजना गरिएको पहिलो राखेप च्याम्पियनशीपको राष्ट्रपति विधादेवी भण्डारीले उद्घाटन गर्नु भएको छ ।

आइतबार सातदोवाटोमा आयोजित विशेष कार्यक्रमा राष्ट्रपति विधादेवी भण्डारीले ओलम्पियन जितवहादुर केसीलाई ओलम्पिक टर्च प्रदान गर्दै राखेप च्याम्पियनशीपको उद्घाटन गर्नु भएको हो । कार्यक्रमा राष्ट्रपति भण्डारीले पछिल्लो समयमा वढ्दै गएको खेलाडी पलायनलाई रोक्न पहल चाल्नु पर्ने वताउनु भयो । कार्यक्रममा खेलकुद मन्त्री राजेन्द्र केसीले खेलकुदमा गरेको लगानीले दिगो विकासमा समेत योगदान पु¥याउने भएकाले सरकारले खेलकुदको विकासका लागि सरकार सदैव लागि रहने वताउनु भयो ।

च्याम्पियनशीपमा स्क्वास, भलिबल, सेपाकताक्रो, एथलेटिक्स, बक्सिङ, ह्याण्डबल, तेक्वान्दो, कुस्ती, फेन्सिङ बास्केटबल, जुडो, टेबल टेनिस, राष्ट्रिय तेक्वान्दो, कबड्डी, सुटिङ, भारोत्तोलन, गल्फ, साइक्लिङ, हक्की, खो खो, उसु, पौडी, आर्चरी, लन टेनिस ट्रायथलन, फुटबल कराँते, ब्याडमिन्टन र सफ्ट टेनिसका खेलहरु हुनेछन् ।

LIVE TV