९ पुष २०७४, आईतवार

काठमाडौं । साताको पहिलो दिन आइतबार नै शेयर बजार ओरालो दिशामा लागेको छ । गत साता घटेर बन्द भएको शेयर बजार साताको सुरुवातीमा पनि लगानीकर्तालाई उत्साहित बनाउन सकेन् ।

साताको पहिलो कारोवारमा १० अंक बढेको बजार कारोबारको अन्त्यमा घटेर बन्द भएको हो । एकहजार ४ सय ७० अंक बाट सुरु भएको बजार पौने एक बजेसम्म एकहजार ४ सय ८० अंक सम्म उक्लिएको थियो । त्यसपछी लगातार रुपमा घटेको बजार अन्तमा चार अंक खुम्चिदै बन्द हुन पुगेको थियो । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार मापक सूचक ४ दशमलव ४७ अंकले घटेर एकहजार ४ सय ६७ दशमलव ६८ अंकमा झरेको छ । क बर्गका कम्पनीहरुको कारोवारमापन गर्ने सेन्सेटिभ इन्डेक्स शुन्य दशमलव ९३ अंक घटेर तीनसय ९ दशमलव शुन्य १ अंकमा ओर्लिएको छ ।

आइतबार वित्तीय समूह बाहेक सबै परिसूचकको मूल्य घटेको छ । आइतबार ५५ करोड ९५ लाख रुपैयाँको सेयर किनबेच भएको छ । शतप्रतिशत बोनस सेयर दिने भएपछि स्ट्याण्डर्ड चाटर्ड बैंकको कारोबार बढेको छ । आइतबार स्ट्याण्डर्डको सेयर प्रतिकित्ता २ हजार ७७ रुपैयाँमा ८ करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा बढी स्ट्याण्डर्ड चार्टर्ड बैंकको आठ करोड ४५ लाख रुपैयाँमा कारोबार भयो ।

कारोवारमा आएका उपसूचकमा फाइनान्स बाहेक सबै घटेका छन् । फाइनान्स शुन्य दबमलव शुन्य ५ प्रतिशतले बढेको नेप्सेले जनाएको छ । बैंक शुन्य दशमलव १७, ट्रेडिङ १ दशमलव ३६, होटल शुन्य दशमलव ३७, विकास बैंक शुन्य दशमलव ८, जलबिद्युत शुन्य दशमलव २, बीमा शुन्य दशमलव ३३, उत्पादनमूलक शुन्य दशमलव ५२, अन्य शुन्य दशमलव ९५ र लघुवित्त शुन्य दशमलव १९ प्रतिशतले घटेका छन् ।

LIVE TV