९ पुष २०७४, आईतवार

काठमाडौं । कम्प्युटर एशोसिएन नेपाल क्यानमहासंघ नेपालको२४औं वार्षिक साधारणसभा तथा महाधिवेशनले प्रथम उपाध्यक्ष हेमन्तकुमार चौरासिया सर्वसम्वतले केन्द्रीय अध्यक्षपदमा निर्वाचित हुनुभएको छ ।

त्यसैगरी क्यान महासंधको साधारण सभामा क्यानमहासंघको उपाध्यक्षमा विश्वराम बलामी सुनैना घिमिरे पाण्डे महिला तर्फ, रोमकान्त पाण्डे र नवराजकुँवर निर्विरोध निर्वाचित हुनु भएको क्यान महासंधले जनाएको छ । त्यसैगरी महासचिवमा रञ्जितकुमार पोदार निर्विरोध निर्वाचित हुनुभएको छ ।
महासंघको सचिवपदम जगनबहादुर गुरुङ निर्विरोध निर्वाचितहुनु भएको छ । केन्द्रीय कार्यसमिति सदस्यहरुको मतदानबाट डा. पवनकुमार शर्मा र नारायणबहादुर थापा निर्वाचितहुनु भएको छ । त्यसैगरी कोषाध्यक्षमा खुशल रेग्मी र सहकोषाध्यक्षमा शेखरनाथ दुलाल निर्विरोध निर्वाचित हुनु भएको क्यानले जनाएको छ ।

क्यानमहासंघको केन्द्रीय सदस्यहरुमाव्यक्तिगत, संस्थागत, विषयगत र जिल्लाशाखाबाट सम्पुर्ण कार्यसमिति सदस्यहरु प्निनिर्विरोध निर्वाचितहुनु भएको छ ।नवनिर्वाचित चौरासियाले क्यानमहासंघलाई एकताबद्ध र अझपारदर्शी संगठनको रुपमा निर्माण गर्नेे प्रतिवद्धता जनाउनुभयो ।
सन १९९२ मा स्थापना भएको क्यान सन् २०१५ मा क्यानमहासंघमा परिणत भएको थियो ।

LIVE TV