९ पुष २०७४, आईतवार
  • सुवास लामिछाने

पर्वत ।  पर्वत सदरमुकाम कुश्माबजारमा आयोजना गरिएको निशुल्क पाठेघर तथा स्तन परीक्षणमा दुई सय महिलाले उपचार गराएका छन् । चेतनाको अभावमा महिलाहरुमा विकराल बन्दै गएको स्तन तथा पाठेघरको क्यान्सर सम्बन्धि एकदिने शिविरमा महिलाहरुले उत्सकुतापूर्वक परीक्षण गराएका थिए ।

स्थानीय सामाजिक संस्था सिसेफ नेपाल पर्वतको आयोजना तथा नेपाल परिवार नियोजन संघ कास्कीको प्राविधिक सहयोगमा पर्वत हस्पिटल प्रा.लि.मा संचालन भएको शिविरमा उपचार गर्नका लागि सदरमुकाम कुश्माबजारका साथै गाउँ गाउँदेखि महिलाहरु आएका थिए ।

आर्थिक अभावका कारण लामो समयसम्म रोग बल्झाएर राखेका महिलाहरुको पनि शिविरमा उपचार गरिएको क्लवका संस्थापक टंक लामिछानेले जानकारी दिनुभयो । सो अवसरमा पाठेघरमा मासु पलाएका, पाठेघरको क्यान्सर भएका तथा स्तनमा गाठागुठी, स्तन क्यान्सरको लक्षण देखिएका बिरामीहरु भेटिएको छ ।

उनीहरुलाई आवश्यक सल्लाह सहित औषधि समेत वितरण गरिएको थियो । यस अघि उक्त शिविरको प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य पदम गिरीले उद्घाटन गर्नुभएको थियो । शिविर उद्घाटन गर्दै सांसद गिरीले देशमा नागरिक स्वस्थ रहेमात्र राष्ट्र समृद्ध हुने वताउँदै सबै नागरिकको स्वास्थ्यको जिम्मा राज्यले लिनुपर्ने धारणा राख्नु भयो । उहाँले स्बास्थ क्षेत्र अत्यन्तै बिकराल र जटिल समस्याग्रस्त अबस्थामा रहेको भन्दै यसलाई राज्यले बिषेश रुपमा ध्यान दिन जरुरी रहेको बताउनुभयो ।

उक्त शिविर संचालनका लागि स्थानीय लायन्स क्लवहरुले समेत साझेदारी गरेका थिए । सो अवसरमा सहभागीहरुले यस्ता संवेदनशील शिविरहरु सदमुकाममा मात्र नभई गाउँ गाउँमा संचालन गर्नुपर्नेमा जोड दिएका थिए ।

LIVE TV