९ पुष २०७४, आईतवार

पोखरा । गजल प्रतिभा पुरस्कार वितरणका लागि अक्षयकोष स्थापना गर्न रु एक लाख सहयोग प्राप्त भएको छ ।

गैरआवासीय नेपाली संघ युकेका संयोजक लालबहादुर गुरुङले आफ्ना स्व पिता बेलबहादुर गुरुङको स्मृतिमा रु एक लाख १११ सहयोग प्रदान गर्नुभएको हो ।

लालबहादुरका तर्फबाट गजल सन्ध्याका पूर्व अध्यक्ष उदीपराज ढुंगानाले संस्थाका अध्यक्ष अमृत सुवेदीलाई उक्त रकम हस्तान्तरण गर्नुभएको थियो ।

गजल साहित्य सिर्जनामा हौसला प्रदान गर्न अक्षयकोष स्थापनार्थ उक्त सहयोग प्रदान गरेको दाता लालबहादुरले बताउनुभएको छ ।

गजल सन्ध्या पोखराले प्रत्येक महिनाको दोस्रो शनिबार नियमित गजल वाचन कार्यक्रम सञ्चालन गर्दैआएको छ ।

LIVE TV