९ पुष २०७४, आईतवार

विनय तिम्सीना

इलामको सूर्योदय नगरपालिकामा बोरिङ सिस्टमबाट पनि निकालिएको छ । १ हजार ६ सय मिटर उचाईमा रहेको पहाडमा पहिलो पटक बोरिङ सिस्टमबाट पानी निकालिएको हो ।

अलैँची विकास केन्द्रले अलैची नर्सरीमा सिंचाईको लागि बोरिङ प्रविधिबाट पानी निकालेको अलैँची विकास अधिकृत पदमप्रसाद अधिकारीले बताउनुभयो । नेपाल तराई निर्माण तथा डिप ट्ववेल प्रालि दोलखाको कम्पनीबाट डिटिएच मेसिन ल्याएर पानी निकालिएको अधिकारी भनाई छ ।

पहाडमा बोरिङ प्रविधिबाट पनि निकाल्नको लागि डिप बोरिङ गरेर निकाल्न सकिने अधिकारीको भनाई छ । यो प्रविधि भित्रिएसँगै इलामका सुख्खा ठाउँमा खाने पानी तथा सिंचाइको लागि पानी निकाल्न सहज हुने पनि अपेक्षा गरिएको छ ।

LIVE TV