९ पुष २०७४, आईतवार

सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक चिकित्सक लागुऔषध सहित पक्राउ परेका छन् । प्रतिष्ठानमा प्रशिक्षण सकेका चिकित्सक क्षितिज श्रेष्ठ ब्राउन सुगर सहित पक्राउ परेका हुन् ।

चिकित्सक श्रेष्ठ सहित ३ जनालाई शनिवार लागू औषध सहित पक्राउ गरेका हुन् । श्रेष्ठसहित ३ जनालाई प्रतिष्ठान परिसरबाटै सुरक्षागार्डले पक्राउ गरेको गरेको प्रतिष्ठाले पुष्टि गरेको छ । श्रेष्ठसहित धरान १२ का उज्वल हलवाई र दिनेश श्रेष्ठलाई पक्राउ गरिएको छ ।

हलवाई प्रतिष्ठानभित्र ब्राउन सुगर पु¥याउने र श्रेष्ठले चिकित्सकलाई उपलब्ध गराउने गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । श्रेष्ठ प्रतिष्ठानको ४ नम्बर मेसका सञ्चालक हुन् । उनीहरुलाई शनिबार प्रतिष्ठानको सुरक्षा गार्डहरुले रंगेहात पक्राउ गरेका थिए । प्रहरी स्रोतका अनुसार श्रेष्ठको कोठाबाट २५ मिलिग्राम ब्राउन सुगर वरामद भएको छ ।

LIVE TV