९ पुष २०७४, आईतवार

कुस्मा ।  पर्वतको जलजला गाउँपालिकाका विभिन्न स्थानमा अवैध ढुंगाखानी सञ्चालन भएका छन् । खानी सञ्चालन गर्न खानी तथा भूगर्भ विभाग, वन कार्यालय, भूसंरक्षण कार्यालयबाट अनुमति लिनुपर्छ ।

साविक माझफाँट, लेखफाँट र बाँसखर्क गाविसमा एक दर्जनभन्दा बढी अवैध ढुंगाखानी सञ्चालनमा आएका हुन् । ढुंगा उत्खनन गर्न अनुमति नलिएका यस्ता खानी सञ्चालकले ढुंगा कटिङ गर्न घरेलु तथा साना उद्योग विकास समितिबाट समेत अनुमति लिएका छैनन् ।

दर्ता नगरी, वातावरणलाई असर पार्ने गरी अव्यवस्थित रूपमा ढुंगाखानी उत्खनन भएको पाइएपछि त्यसलाई नियमन र व्यवस्थित गर्न गाउँपालिकाले पहल थालेको हो ।

LIVE TV