९ पुष २०७४, आईतवार

राजनीतिक ध्रुविकरण बढेको चर्चा चलिरहेका बेला बामगठबन्धनको एक घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने दलहरु मिल्नुको विकल्प नरहेको बताउनुभएको छ । राजनीतिक दलहरु मिले मात्र मुलुक समृद्धितर्फ अघि बढ्ने उहाँको भनाई छ ।

शनिबार रुपन्देहीमा आयोजित नेपाल जेसिसको महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष दाहालले दलहरुबीचको तिक्तता अन्त्य गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले लोकतन्त्रको सुदृढीकरण र मुलुकको विकास तथा समृद्धिका निम्ति सबै मिल्नुको विकल्प नभएको बताउनुभयो ।

निर्वाचनको मुखैमा आफ्ना पुत्र गुमानउनुभएको अध्यक्ष दाहालले सबै युवामा आफ्नै छोराको रुप देखेको बताउनुभयो । उहाँले मुलुकको विकास र समृद्धिका लागि युवाको काँधमा विशेष दायित्व रहेको उल्लेख गर्नुभयो ।

जेसीजमा लागेका युवाहरु अनुशासित, लगनशील, जुझारु र क्षमतावान हुने बताउँदै उहाँले देश विकास र आर्थिक समृद्धिमा लाग्न आग्रह गर्नुभयो । पुस ८, ९ र १० गते तीन दिनसम्म चल्ने जेसीज महाधिवेशनमा सहभागी हुन देशभरबाट करिब ३ हजार बढी प्रतिनिधि र पर्यवेक्षक भैरहवा आएका छन् ।

LIVE TV