९ पुष २०७४, आईतवार

नवलपरासी । गत मंसिरमा भएको प्रतिनिधि सभा र प्रदेश सभामा एउटै चुनाव चिह्न लिएर चुनाव लडेका वाम गठबन्धनले बहुमत ल्याए पनि अहिले एक अर्काप्रति बिभिन्न आरोप लगाउन थालेको छ ।

माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले एमालेले संघीय फोरमसँग मिलेर सरकार बनाउने प्रस्ताव राखे पनि फोरम नमानेपछि माओवादीसँग आएको आरोप लगाउनु भएको छ । संघीय सामाजवदी फोरम अध्यक्ष उपेन्द्र यादवले तालमेल गर्न नमानेपछि माओवादीसँग मिल्नुको विकल्प नभएको दाबी गर्नु भयो ।

शुक्रबार गृहनगर भरतपुरमा दाहालले एमाले अध्यक्ष केपी ओलीसँग आलोपालो सत्तारोहण गर्ने सहमति भएको दाबी गर्नु भएको थियो । उहाँले भन्नु भएको थियो ‘अब एमालेसँग मिलेर हामी सरकार बनाउँछौं। एमालेले एक्लै बहुमत पाएर हामीलाई पन्छाउने हो कि भन्ने त्रास थियो तर बहुमत नपाएपछि त्यो डर हट्यो।’

वाम गठबन्धनले चुनावपछि पार्टी एकता गर्ने भनेर दबि गरेपनि  सबै मतपरिणाम अएको दुई साता नबित्दै एक अर्कामा यस्तो आरोप लगाउन थालेको हो । एमाले र माओवादी केन्द्रले पार्टी एकता गर्न जनाए पनि  सुरुमै यस्तो एक अर्का प्रति आरोप लगाउन थालेको छ । अब कसरी सिट बाडफाड र पर्टी एकता गर्छ ? भन्ने प्रश्न उठेको छ ।

LIVE TV