९ पुष २०७४, आईतवार

काठमाडौँ । २०४८ पछि करिब २३ वर्षसम्म सत्ताको स्वाद चाखेको नेपाली कांग्रेसले यो पटक केन्द्रीय सरकारदेखि प्रदेश सरकारमा समेत कम्तिमा पाँच वर्षसम्म प्रतिपक्षमा बस्नुपर्ने भएको  खबर अन्नपुर्ण पोस्टमा छापिएको छ ।

समानुपातिकमा एमालेकै हाराहारीमा सिट प्राप्त गरेको कांग्रेसले देशका ७ वटै प्रदेशमा सरकार बनाउन नसक्ने भएको छ । कांग्रेसको प्रदेश सभामा समानुपातिकतर्फ एमालेको भन्दा ३ सिट मात्र कम छ । निर्वाचन आयोगले सार्वजनिक गरेका तथ्याङ्कको आधारमा एमालेले ७५ सिट पाएको छ भने कांग्रेसले ७२ सिट जितेको छ । समानुपातिकमा ७ वटै प्रदेशमा एमाले र कांग्रेसको सिट हाराहारीमै छ ।

सबै प्रदेशमा प्रतिपक्षी

एमाले भन्दा ३ वटा मात्र कम सिट जितेको कांग्रेसले कुनै पनि प्रदेशमा सरकार बनाउन हैसियत भने बनाउन सकेको छैन । प्रत्यक्षतर्फ सम्मानजनक सीट नजितेका कारण पाँच वर्षको लागि प्रदेश सरकारबाट कांग्रेसले हात धुने भएको हो ।

समानुपातिकमा सबैभन्दा बढी सिट÷भोट ल्याएको प्रदेश नम्बर २ र ७ समेत प्रत्यक्ष नतिजाका कारण कांग्रेस कमजोर बनेको हो । समानुपातिकमा कांग्रेस भन्दा २ सिट मात्र कम पाएको एमालेले प्रदेश नम्बर १ र ३ मा एकल सरकार बनाउने अवस्थामा छन् ।

 

LIVE TV