८ पुष २०७४, शनिबार

कालिकोट । म्यादी प्रहरीको मृत्युपछि तनावग्रस्त कालिकोट सदरमुकाम मान्मामा स्थानीय प्रशासनले दिउँसो ४ बजेदेखि अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको छ ।

शुक्रबार दिउँसो तोकिएको सेवासुविधा नपाएको भन्दै प्रदर्शनमा उत्रिएका म्यादीमाथि प्रहरीले गोली चलाउँदा म्यादी जवान विवेक ऐडीको निधन भएको थियो । ऐडीको निधनपछि आक्रोशित कालिकोटवासीले आज विहानैदेखि सदरमुकाम मान्मा प्रदर्शन गरेपछि तनावपूर्ण अवस्थालाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालिन कर्फ्यू लगाएको हो ।

घटनाको विरोधमा आज दिनभर म्यादी प्रहरी, स्थानीय र राजनीतिक दलले प्रदर्शन गरेका थिए । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले आश्रुग्याँस प्रहार गरेको छ । प्रदर्शनकारीले विभिन्न स्थानमा टायरबालेर प्रदर्शन गरेका छन् ।

प्रदर्शनका क्रममा सयौं घाइते भएका छन् प्रदर्शनकारीले प्रशासन कार्यालय भित्र रहेका कुर्सी, टेवुल, ढोका तोडफोड, गरेका छन् ।

LIVE TV