८ पुष २०७४, शनिबार

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–१, तिप्ल्याङमा आगलागीहुदा दुईवटा घर जलेर नष्ट भएको छ । बेगबहादुर पूर्जा र राजकुमारी तिलिजाको घर शनिबार दिउँसो जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । पूर्जाको फर्निचर कारखानामा विद्युत सर्ट हुँदा आगलागी भएको अनुमान गरिएको छ । आगलागीबाट दुवै परिवारको गरी ५० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

LIVE TV