८ पुष २०७४, शनिबार

काठमाडौं । नेपाली काँग्रेसका संस्थापक एवं सन्तनेता कृष्णप्रसाद भट्टराईको ९४ औ जन्मजयन्ति विभिन्न कार्यक्रम गरि मनाइएको छ ।

भट्टराइृको ९४ औ जन्मजयन्तिको अवसरमा ललितपुरको वांडेगाउँ स्थित भट्टराई आश्रममा विशेष कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले भट्टराईको नेपाली राजनीतिमा पु¥याएको योगदानको प्रसंसा गर्दै आफु कुनै कुलघरानावाट प्रतिनिधित्व नगर्ने भएका कारण कुनै दम्भ देखाउन जरुरी नभएको वताउनु भयो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले २०४७ सालको संविधान जारी गर्दा कृष्णप्रसाद भट्टराईले पु¥याएको योगदान अविष्मरणीय रहेको बताउनु भयो ।

कार्यक्रमका वक्ताहरुले नेपाली राजनीतिमा भट्टराइले पु¥याएको योगदानको चर्चा गरेका थिए ।

LIVE TV