८ पुष २०७४, शनिबार
  •  प्रेम सुनार,

गुल्मी । लटरम्म फलेको सुन्तलाको कारण गुल्मीका अधिकांश गाउँ यतिखेर पहेलपुर छन् । गुल्मीको छत्रकोट गाउँपालिका अन्तर्गत साविकको हर्दिनेटा ६ को लुम्छा गाउँमा सुन्तला लोभलाग्दो गरि लटरम्म फलेको छ ।

तानसेन तम्घास सडक खण्डको छेउँवैमा पर्ने उक्त गाउँमा निजी गाडी चलाउनेहरु रोकेर नियल्छन र सुन्तला किनेर बाटो लाग्ने गर्छन् । तीन दशक देखि सुन्तलाको खेती गर्दै आएको उक्त गाँउ अहिले सुन्तलाको पकेट क्षेत्रको रुपमा चिनन थालेको छ ।

२०४२ साल देखि स्थानीय शिक्षक एवं कृषक विष्णुप्रसाद पन्तले सुरु गरेको सुन्तला खेती अहिले उक्त गाँउलाई सुन्तलाको पकेट क्षेत्रको रुपमा चिनाउन सफल भएको छ । उनले थालेको सुन्तला खेती गाँउका अन्य किसानले पनि थालेसंगै अहिले उक्त गाँउमा सुन्तला बाहेकका अरु खेती हुन छोडेको छ । सुन्तलाको उत्पादन सुरु भएसंगै स्थानीय कृषकको जीवन स्तरमा समेत फेरबदल भएको छ ।

छत्रकोट गाउँपालिका कृषि विकास शाखा प्रमुख तथा प्राविधिक सहायक शिवप्रसाद बञ्जाडेका अनुसार साविकका तीन गाविस हुँगा, हर्दिनेटा र दिगाममा २ सय ३५ घरधुरी भन्दा बढीले सुन्तला खेती गर्दै आएको र हाल कुल ६७ दशमलव ५ मेट्रिक टन सुन्तला उत्पादन भईरहेको बताउनुभयो ।

उक्त गाउमा प्रत्येक बर्ष १ लाख भन्दा बढि कमाउने कृषक २६ जना कृषक रहेका छन् । २ लाख ५० हजार भन्दा माथि कमाउने कृषकहरु १० जना छन भने वार्षिक तीन लाख ५० हजार भन्दा बढि कमाउँनेमा दिगामका आधा दर्जन बढी छन् । गुल्मीको नयाँगाउँ , पिपलधारा हाडहाडे , भनभने, धुर्कोट, यता अर्खले र उता अर्लाङ्गकोट पछि हुँगा , हर्दिनेटा र दिगाम स्वादिलो सुन्तलाको गाउँका रुपमा नयाँ परिचय पाएको गाउँ हो । गुल्मी कफी खेती पछि स्वादिलो सुन्तलाको जिल्ला भनेर समेत पनि चिनिन थालिएको छ ।

LIVE TV