८ पुष २०७४, शनिबार
  • विश्वराज तामाङ,

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले लागुऔषध दुव्र्यसनी र अबैध घरेलु मदिरा नियन्त्रणलाई तीब्रता दिएको छ । दुव्र्यसनीको संख्या बढ्दै जाँदा समाजमा विभिन्न समस्याहरु बढ्दै गएपछि प्रहरीले लागुऔषध दुव्र्यसनी र घरेलु मदिरा नियन्त्रणमा लिन थालेको हो ।

उदयपुर प्रहरीले पछिल्लो चार महिनामा मात्र १ सय २५ जना लागुऔषध प्रयोगकर्ता तथा कारोवारीलाई पक्राउ गरेको छ । यो अवधिमा लागुऔषध सम्बन्धि ५६ मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नवराज भट्टले जानकारी दिनु भयो । जिल्ला छिर्ने नाका, लागुऔषध व्यवासय र प्रयोग हुने थलोहरु पहिचान गरी प्रहरीले कारवाही गरेपछि यतिका संख्यामा पक्राउ परेका हुन ।

केही दिन अगाडि मात्र प्रहरीले लागुऔषध सहित कारोवारीलाई पक्राउ गरेको थियो । जस मध्ये ७ जनालाई पूर्पक्षको लागि पठाईएको छ भने २० जना अनुसन्धानको क्रममा छन् । प्रहरीले घरेलु मदिरा नियन्त्रणमा समेत सक्रियता बढाएको छ ।

होटलहरुमा घरेलु मदिरा विक्रि वितरण नगर्न सूचना जारी गरेको प्रहरीले जिल्लाका उत्तर पश्चिमी गाविसहरुका अवैध गाँजा खेती समेत नष्ट गरेको छ । स्थानीय समुदायसँग समन्वय गरेर जिल्लाका सबै क्षेत्रमा लागुऔषध दुव्र्यसनी विरुद्धको अभियान चलाउने प्रहरीले जानकारी दिएको छ ।

 

LIVE TV