८ पुष २०७४, शनिबार
  • ज्योती पन्थी

बर्दिया । बर्दियाको फुटाहाबाट भारत जाँदै गरेका दुई जना नेपाली नागरिक पक्राउ परेका छन् । अवैध मार्गबाट भारत लैजाँदै गरेका दुई जना नेपाली नागरिक सशस्त्र प्रहरीद्वारा पक्राउ परेका हुन् ।

धरान ५ देउराली गाउँकी ४९ वर्षीया गंगा राई अवैध मार्ग हुँदै भारत जाँदै गर्दा सशस्त्र प्रहरी सीमा कार्यालय जमुनेले बर्दियाको फुटाहाबाट पक्राउ गरेको छ । भारत जाँदै गरेकी राई बाँके कोहलपुर ९ भवानीपुर बस्ने ३४ वर्षीय नवराज हमालसँग जाँदै गरेको अवस्थामा पक्राउ गरिएको हो । मानव तस्करीमा संलग्न रहेका राकेश तमौली भन्ने व्यक्तिले आफुलाई गंगा राईलाई भारतीय बजारसँग जोडिएका भारतीय बजार बलेगाउँमा पु¥याइदिन भनि पठाएको पक्राउ परेका नवराज हमालले सशस्त्र प्रहरीसमक्ष वयान दिएको सशस्त्र प्रहरीका सूर्य ढकालले जानकारी दिनुभयो ।

बर्दियाको खुला सिमाना हुँदै पूर्वी पहाडी क्षेत्र धादिङ, गोरखा, धरान लगायतका स्थानहरुबाट पछिल्लो समय भारत हुँदै विभिन्न खाडी मुलुकहरुमा जाने गरेको भेटिएको छ । यो क्रम बढेसँगै सशस्त्र प्रहरीले बर्दियाको जमौनी, फुटाहा, गुलरिया नगरपालिका, मधुवन नगरपालिका, र राजापुर नगरपालिकाको भारतीय सीमासँग जोडिएका स्थानहरुमा आफनो सक्रियता बढाएको भएपनि पूर्र्वी पहाडी जिल्लाका महिलाहरुलाई प्रलोभनमा पारि दलालहरुले भारत हुँदै खाडी मुलुकमा पु¥याउने गरेका छन् ।

LIVE TV