
सुर्खेत। सुर्खेतमा प्रदेशकै सुविधासम्पन्न चलचित्र घर सञ्चालनमा आएको छ । वीरेन्द्रनगरमा रु साढे चार करोडको लगानीमा निर्माण गरिएको ‘लक्ष्मी चलचित्र मन्दिर’को शुक्रबार पूर्वमन्त्री पूर्णबहादुर खड्काले उद्घाटन गर्नुभयो ।
अत्याधुनिक प्रविधियुक्त सुविधा भएको उक्त चलचित्र घरको प्लाटिनम र गोल्ड गरी २४० सिट क्षमता रहेको र थ्रि–डी र एच–डी दुवैस्तरमा चलचित्र हेर्न सकिने प्रबन्ध निर्देशक सुमित गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार चलचित्र घरको बाहिर आवश्यक सवारी पार्किङ तथा भित्र क्याफे र आधुनिक प्रणालीको शौचालयसमेत छ । रासस