८ पुष २०७४, शनिबार
  • प्रदीप राज दहला

काठमाडौं।  नेपाली कांग्रेसका पूर्व सभापति सन्तनेता कृष्णप्रसाद भट्टराई ‘किसुनजी’ को ९४ औं जन्मजयन्ती शनिबार विविध कार्यक्रम गरि मनाइँदैछ । नेपाली राजनीतिमा कुर्सीमा पुगेपछि जतिसक्यो राज्यको दोहन गर्नुपर्छ भन्ने सिद्धान्त विपरित जनताको सेवामा लागेका भट्टराईको आदर्श र सिद्धान्तको स्मरण गर्दै विविध कार्यक्रम गरि जन्मजयन्ती मनाइँदैछ ।

स्वर्गीय भट्टराई त्यागी निष्ठावान र सन्त नेताका रुपमा नेपाली राजनीतिमा धेरैको आदर्श व्यक्ति रुपमा मान्ने गरिन्छ । सन्त नेताका रुपमा परिचित भट्टराई दुई पटक नेपालका प्रधानमन्त्री समेत भएका थिए। ३ दशकको पञ्चायती शासनको विरोधमा भएको जनआन्दोलनपछि पहिलो पटक प्रधानमन्त्री बनेका भट्टराईको नेतृत्वमा नेपालमा बहुदलीय प्रजातन्त्रको पुनर्स्थापनापछिको संवैधानिक राजतन्त्रसहितको संविधान जारी भई चुनाव सम्पन्न भएको थियो । सात सालको आन्दोलनपछि भएको पहिलो आम निर्वाचनपछिको संसदमा भट्टराईले देश कै पहिलो सभामुखका रुपमा कार्यभार सम्हालेका थिए।

गिरिजाप्रसाद कोइराला पार्टी सभापति हुँदा यथोचित सम्मान नपाएको भन्दै शेरबहादुर देउवालाई कांग्रेस प्रजातान्त्रिक खोल्न भट्टराईले नै सघाएको राजनीतिक वृत्तमा चर्चा हुने गरेको छ । भट्टराईको ९४ औं् जन्मजयन्तीको अवसरमा काठमाडौंमा विभिन्न कार्यक्रमको आयोजना गरि स्मरण गरिँदै छ ।

LIVE TV