
संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथिको प्रतिबन्ध थप कडा बनाउने भएको छ ।
उत्तर कोरियाले पछिल्लो समय गरेको ब्यालेस्टिक मिसाइल परीक्षणको प्रतिक्रिया स्वरुप संयुक्त राष्ट्रसंघले उसमाथिको प्रतिबन्ध थप कडा बनाउने भएको हो । नयाँ प्रतिबन्ध अनुसार उत्तर कोरियामा हुँदै आएको तेल तथा पेट्रोलिय पदार्थको आयात ९० प्रतिशत भन्दा बढीले घटाउने छ ।
मिसाइल परीक्षण तथा परमाणु कार्यक्रमका कारण उत्तर कोरियामाथि यसअघि नै अमेरिका, संयुक्त राष्ट्रसंघ तथा युरोपेली युनियनले प्रतिबन्ध लगाउँदै आएका थिए ।