८ पुष २०७४, शनिबार

वि.सं. २०७४ साल पुस ८ गते। शनिबार। इश्वी सन् २०१७ डिसेम्बर २३ तारिख। नेपाल संवत् पोहेलाथ्व। पौष शुक्लपक्ष। तिथि– पञ्चमी

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
जोश जाँंगर र हिम्मत बढ्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
कला र गलाको प्रभाव बढ्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । श्रमको उचित मुल्याङन हुनेछ । प्रेममा मधुरता छाउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धर्म तथा समाजसेवामा मन लाग्नेछ । विद्यामा सफलता पाइनेछ । मनमा शान्ति छाउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मनमा निरासा र शरीरमा आलस्य आउला । नजिकैका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । आर्थिक सङ्कट छाउनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापार व्यवसायमा प्रगति होला । लक्ष्मी प्रसन्न हुने योग छ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
पारिवारिक चिन्ताले सताउनेछ । बैदेशिक क्षेत्र कमजोर रहला । आर्थिक क्षेत्रमा सङ्कट छाउला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अनुहारमा कान्ति र मनमा शान्तिा छाउनेछ । अधुरो काम बन्नेछ । मिष्ठान्न भोजन प्राप्ति होला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
यात्रामा सावधानी अपनाउनु पर्नेछ । साना तिना समस्यामा अल्झिनुपर्नेछ । कुविचारमा मन जानेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
व्यापार,व्यवसायबाट फाइदा लिन सकिनेछ । लाभदायक यात्रा हुनेछ । वाहान सुख मिल्ने योगछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ । शुभ असुभ समाचार सुनिएला । मध्यम खालको दिन छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
प्रेम र मित्रताको बन्धन कसिनुका साथै नयाँ कार्यको थालनी हुनेछ । साँझमा पैशा खर्च हुने योगछ ।

LIVE TV