८ पुष २०७४, शनिबार

काठमाडौ । बलिउड नायक सलमान खान र नायीका कैटरीना कैफको फिल्म ‘टाइगर जिंदा है’ २२ डिसेम्बर देखि रिलिजमा आएका छन् । सलमानले ‘टाइगर जिंदा है’ फिल्म क्रिसमसका दिन पारेर रिलिज गरिएका हुन् ।

अलि अबबास जफरको निर्देशनमा रहेको यो फिल्मले दर्शकलाई एकदम मनोरंजन दिइरहेका छन्। फिल्मले देशभक्तिको भावना जगाउनको साथै सलमान र कैटरीना कैफको दमदार एक्सन देख्न पाइन्छ। सलमानको यो फिल्मले पहिलो हप्तामै  १०० कमाउने अड्कल  सिनेस्तान डट कमका ट्रेड एनालिस्ट अतुल मोहनले बताएको भारतीय मिडिया जनस्तले लेखेका छन् । फिल्मको काहानी २५ भारतीय र १५  पाकिस्तानी नर्सलाई स्वतन्त्र गर्ने विषयमा वस्तुको बारेमा घुमेका छन् । उनीहरुलाई अस्पतालमा बन्धक बनाएर राखेका हुन्छन् ।

फिल्मको बुकिङ राम्रो भएको बलिउड हंगामाले गरको रिपोर्ट अनुसार फिल्म बिहानको सो मा ८० प्रतिशत भरेको जानकारी दिएको छ । केहि रिपोर्टर्सले हाउसफुल चलिरहेको पनि जनाए। यी कुराहरुलाई हेर्दा यो फिल्मले राम्रो कमाइ गर्ने देखिएको छ। बलिउड डट कम को अनुसार पनि ठूलाठूला शहरमा पहिलो दिनमै हाउसफुल भएको छ । यो वर्षकै बढी एडभान्स बुकिङ गर्ने खालको फिल्म बनेको छ।

 

LIVE TV