८ पुष २०७४, शनिबार

काठमाडौं।  निर्वाचन आयोगले प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको दलहरुले प्राप्त गरेको सिट संङ्ख्या सार्वजनिक गरेको छ ।
प्रदेशसभा निर्वाचनमा दलहरुले प्राप्त गरेको मत अनुसार समानुपातिक समावेशी सिद्घान्त अनुरुप सीट संङ्ख्या बाँडफाँड गरिएको समानुपातिक निर्वाचन प्रणालीका मुख्य निर्वाचन अधिकृत वेगेन्द«राज शर्मा पौड्यालले बताउनुभयो । उहाँले दलहरुले प्राप्त गरेको सीट विबरण सहित दलहरुलाई आयोगले पत्र पठाउने र सोही अनुरुप विबरण आयोगमा बुझाउन दलहरुलाई आग्रह गर्नुभयो ।

प्रदेशसभामा समानुपातिक प्रणालीतर्फ प्रदेशसभामा २२० जना निर्वाचित हुने व्यवस्था अनुरुप नेकपा एमालेले ७५ सीट सहित पहिलो बनेको छ । ७२ सीटसहित दोस्रोमा नेपाली कांग्रेस र ३५ सीटसहित नेकपा माओवादी केन्द« तेस्रो स्थानमा रहेको छ । संघीय समाजवादी फोरमले कुल १३ सीट ल्याउँदा राष्ट्रिय जनता पार्टीले १२ सीट जितेको छ ।

राष्ट्रिय जनमोर्चाले २ सीट पाएको छ भने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च,नेपाल संघीय समाजवादी पार्टी,नेपाल मजदुर किसान पार्टी र राप्रपा प्रजातन्त्रिकले एक एक सीट पाएका छन् । प्रदेश नम्बर १,२, र ५ मा ६ वटा दल निर्वाचित भएका छन् । त्यसैगरी प्रदेश नम्बर ४ मा ५ वटा दल,प्रदेश ३ मा ७ वटा दल र प्रदेश ६ र ७ मा ४÷४ वटा दल निर्वाचित भएका छन् । थ्रेसहोल्ड कटाएर पनि प्रदेश ४ मा राप्रपा र विवेकशील साझा पार्टी,प्रदेश ६ मा नेमकिपा र प्रदेश ७ मा राप्रपाले सीट पाउन सकेनन् ।

LIVE TV