८ पुष २०७४, शनिबार

अफगानिस्तान। अफगानिस्तानमा आत्मघाती आक्रमणमा छ प्रहरी मारिएका छन् । आक्रमणमा परी अन्य चार प्रहरी अधिकारी घाइते भएका छन् ।

यस प्रहरी प्रमुख कार्यालयमा शुक्रबार भएको आक्रमणको तालिवान आतङ्ककारी समूहले जिम्मा लिएको छ ।

प्रहरी अधिकारीका अनुसार सो आक्रमणबाट भत्किएको भवनको भग्नावशेषबाट आठ प्रहरीको शव तानेर निकालेको र अन्य तीन प्रहरी बेपत्ता रहेका छन् । गोरखापत्र

LIVE TV