७ पुष २०७४, शुक्रबार

क्याटलोनियाका अपदस्त नेताहरुले स्पेनका प्रधानमन्त्रीलाई देश बाहिर भेटवार्ताका लागि आह्वान गरेका छन् । बिहीबार भएको निर्वाचनमा क्याटलोनियाको पृथकतावादी पार्टी विजयी भएपछि पृथकतावादीको आरोपमा अपदस्त नेताहरुले प्रधानमन्त्री मारिआनो रखोेयलाई स्पेन बाहिर भेटवार्ताका लागि आह्वान गरेका हुन् ।

क्यटलोनियाको संसदका लागि स्पष्ट बहुमत आएकाले आगामी दिनमा कसरी अगाडी बढ्ने भन्ने बारेमा छलफल गरेर क्याटलोनियाको सङ्कट अन्त्य गर्न चाहेको अपदस्त नेताहरुले बताएका छन् ।

प्रथकतावादी नेता पुज्डमोनले ब्रसेल्समा पत्रकारहरुसँग बोल्दै आफ्नो क्षेत्रलाई स्पेनबाट छुट्टै राज्यको रुपमा संसदले घोषणा गरेपछि मात्रै आफू ब्रसेल्सबाट फर्किने बताउनुभयो ।

उहाँ स्वदेश फर्किएमा देशद्रोही, विद्रोही र राज्य कोषको दुरुपयोग गरेको अभियोगमा पक्राउ पनि पर्न सक्नुहुन्छ । “ब्रसेल्समा वा युरोपको कुनै ठाँउमा म प्रधानमन्त्री राजोयलाई भेट्न चाहन्छु, यो ठाँउ अव धेरै समय स्पेनको राज्यको रुपमा रहने छैन,” उहाँले भन्नुभयो । स्वतन्त्रताको प्रश्नमा मतदानले धेरै फराकिलो मतान्तरले स्वतन्त्रताको पक्षमा विश्वास देखाएको छ ।

LIVE TV