७ पुष २०७४, शुक्रबार

बैठकमा अध्यक्ष ओलीले समसामयिक राजनीतिक परिस्थितिका बारेमा नेताहरुलाई जानकारी गराएका थिए । नयाँ सरकार गठनमा नेपाली कांग्रेसले नियतवश अवरोध सिर्जना गरिरहेको ओलीले बताएका थिए ।

पार्टी एकताको निर्णय भइसके पनि यसको समग्र प्रक्रियाले पूर्णता पाउन केही समय लाग्ने ओलीले बताएका थिए । पार्टीका नीति सिद्धान्त र बिचारहरुमा एकरुपता कायम गर्ने र नेता कार्यकर्ताको व्यवस्थापन गर्ने प्रक्रियाले समय लिने ओलीले बताएका थिए ।

शनिबार पार्टी एकता संयोजन समितिको बैठक बसेपछि पार्टी एकताको प्रक्रिया अघि बढ्ने उनले बैठकलाई जानकारी दिए ।

LIVE TV