
प्रहरीको गोली लागेर एक जना सहकर्मीको मृत्यु भएपछि कालीकोटका म्यादी प्रहरीहरु प्रहरीको गोली लागेर सहकर्मी विवेक ऐडीको मृत्यु भएको भन्दै आक्रोशित बनेका म्यादी प्रहरीले जिल्लाका दुई वटा प्रहरी बिटमा तोडफोड गरी आगजनी गरेका छन्।
आक्रोशित म्यादी प्रहरीले कालीकोट जिल्लाको जिरोप्वाइन्टमा रहेको प्रहरी बिट र प्रतिमाचोकमा रहेको प्रहरी बिटमा तोडफोड गरेका हुन्। म्यादी प्रहरी जनसरा शाहीले निर्वाचनजस्तो महत्वपूर्ण काम सम्पन्न गरेर बिदा हुने समयमा प्रहरीबाटै सहकर्मी मारिनु दुखद् भएको बताइन्। अर्का म्यादी प्रहरी हस्तबहादुर विकले घटनाको तत्काल छानबिन गरी दोषिलाई कारबाही गरिनुपर्ने माग गरे।
स्थानीय प्रशासनले भने गोली लागेर नभई ढुंगाले लागेर ऐडीको मृत्यु भएको दाबी गरेको छ। प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले म्यादी प्रहरी ऐडीको गोली लागेर नभएर ढुंगा लागेर मृत्यु भएको बताए। म्यादी प्रहरीले ढुंगामुढा प्राहार गरेपछि प्रहरीले लाठी चार्ज, हवाइ फाएर र अश्रु ग्यास प्रहार गरेको तर गोली लागेर कसैको मृत्यु नभएको उनले दाबी गरेका छन्।