७ पुष २०७४, शुक्रबार
  • शरद आचार्य / प्रकाश सिग्देल,

चितवन । चितवनको लोथर खोलाको ग्राबेल उत्खनन सहज बनाउन जनप्रतिनिधिहरुले माग गरेका छन् । जिल्ला समन्वय समिति चितवनले आवश्यक प्रक्रिया पूरा गरि टेन्डर मार्फत गिटी बालुवा निकासी गरेपनि बिचमा विवाद उत्पन्न भएपछि निकासी रोकिएको थियो ।

टेन्डर पार्न सफल फ्रेण्डसिफ कन्स्ट्रक्सन कम्पनीलाई स्थानीय केहि युवाहरुले अवरोध गरेपछि रोकिएको निकासी प्रक्रिया पुनः निर्वाध रुपमा सञ्चालन गर्न दिनु पर्ने राप्ती नगरपालिकाका उपप्रमुख ईमान सिहं लामाले बताउनु भयो । खोलाका कारण चितवनका धेरै गाउँ बस्ति तथा हजारौ मानिसहरु जोखिममा रहेकाले त्यसको गिटी बालुवा निकासी गरी खोलाको सतह घटाउन कत्ति पनि ढिला गर्न नहुने उहाँको भनाई छ ।

बिगतमा राज्य आफैले पैसा खर्च गरेर गिटी बालुवा निकासी गरेको तर अहिले राज्यलाई राजस्व तिरेर टेन्डर मार्फत काम गर्दा पनि अवरोध हुनु उचित नभएको राप्ती नगरपालिका वडा नम्वर ३का अध्यक्ष राजकुमार उप्रेतीको भनाई छ ।

खोलाले धेरै दुःख दिने गरेकाले यो खोलाको सतह घटाउन टेन्डर जस्ले पारेपनि नियम अनुसार काम गर्न कसैले रोक्न नहुने र गलत भए आफुहरुmले पनि खवरदारी गर्ने वडा नम्वर २का अध्यक्ष श्याम सुन्दर उप्रेतीले बताउनु भयो । खोला सिरानी हालेर सुतेका तटिय क्षेत्रका मानिसहरुलाई यो खोलाले सधै दुःख दिने गरेकाले यस्को समाधान खोज्न आवश्यक रहेको उप्रेतीको धारणा छ ।

नियम अनुसार भएको काम कहि कतैबाट रोकिनु नहुने र माथिल्लो क्षेत्रमा बसेका मानिसलाई खोलो सिरानी हालेर बसेका स्थानीयको पीडा थाहा नहुने भन्दै १ का वडा अध्यक्ष शिद्धिलाल सेङतानले जसरी पनि खोलाको गिटी बालुवा निकासी हुनु पर्नेमा आफुहरु एकमत भएको बताउनु भयो ।

बिगत ४ वर्ष पहिले चितवन राष्ट्रिय निकुञ्जले गिटी बालुवा निकासीमा अवरोध गरेपछि खोलो बस्ती पस्ने अवस्था सृजना भएको र आफुहरुले आन्दोलन गरेपछि मन्त्रालयको टोली निरीक्षणमा आई गिटिबालुवा निकासी गरी खोलो खोल्न सुझाव दिएपछि खोलो खोलिएको लोथर उपभोक्ता समितिका अध्यक्ष बाबुराम पाठकले बताउनु भयो । केही युवाहरुले व्यक्तिगत स्वार्थका लागि मोलमोलाई गर्दै काममा अवरोध गर्ने काम भएको आफुहरुले थाहा पाएको भन्दै स्थानीयवासीले त्यस्ता काम गर्नेहरुलाई प्रशासनले खवरदारी गर्नु पर्ने बताए ।

LIVE TV