७ पुष २०७४, शुक्रबार
  • रिया भण्डारी,

सरकारी स्वामित्वका धेरै संस्थानहरु आर्थिक संकटमा परेर बन्द हुने घटना नौलो होइन । विभिन्न चरणमा विभिन्न संस्थानहरु बन्द भएका छन् । पछिल्लो सयम सरकारी स्वामित्वको सबैभन्दा ठूलो क्रान्ति बालअस्पताल पनि त्यही लयमा देखिएको छ । तलव नै नपाउने अवस्था बनेपछि करारमा काम गरिरहेका कर्मचारीले जागिर छोड्ने क्रम समेत बढेको छ ।

सरकारी स्वामित्वको अस्पताल भएकाले नीजि अस्पतालको तुलनामा कान्ति बालअस्पतालको आन्मदानी कम छ । गरिब र बिपन्न बिरामीहरुलाई सहुलियतमा उपचार गर्नुपर्ने भएकाले कान्तिको आम्दानी कम हुनु स्वभाविक हो । त्यति मात्र होइन, कान्ति बाल अस्पतालका अन्य आयस्रोत खस्कै गएको छ । अस्पताल परिसरभीत्र रहेका सटरहरु पनि आम्दानीका स्रोत थिए ।

तर, यी सटरहरु समेत दुई वर्षदेखी बन्द छन् । त्यसैले अस्पतालको अन्य आयस्रोत समेत बन्द भएको छ । सटरहरुलाई भाडामा लगाउन अस्पतालले टेन्डर आव्हान गरेको थियो । तर, अख्तियारमा उजुरी परेपछि टेन्डर प्रक्रिया नै रोकिएपछि सटहरु त्यसै बन्द छन् । अस्पतालको मासिक आम्दानी ७० लाखको हारहारीमा छ ।

तर, करोडको हारहारीमा तलव भत्ता र अन्य शीर्षकमा खर्च हुने गरेको छ । त्यसैले अस्पताल घाटामा जाने गरेको छ । आम्दानीभन्दा खर्च बढी हुन थालेपछि अस्पताले कर्मचारीलाई तलव भत्ता खुवाउन नसक्ने अवस्था बनेको हो । हाल अस्पतालमा ६ सय कर्मचारी कार्यरत छन् । ती मध्ये निजामती र करार गरी १ सय ९२ जना नर्स छन् । तर, सेवा सुविधा कम भएकाले करारका अधिकांस नर्सहरुले काम छोड्न थालेको अस्पतालका प्रशासन प्रमुख टीकाराम ढकाल बताउँछन् ।

गत वर्ष अस्पतालले आइसियु सेवा बिस्तार गर्ने योजना सहित ६५ जना कर्मचारी थपेको थियो । तर, आइसियु संचालन हुन सकेको छैन । आइसियु सेवा विस्तारका लागि थपिएका कर्मचारीलाई स्वास्थ्य मन्त्रालयले तलव दिने सहमती भएको थियो । मन्त्रालयले अहिलेसम्म कर्मचारीको तलवका लागि रकम निकासा गरेको छैन ।

यसको आर्थिक भार अस्पतालले थेगेको । कर्मचारीलाई तलव खुवाउन नसकेपछि अस्पतालले सेवा शुल्क समेत वृद्धि गरेको छ । बहिरंग सेवाको टिकटका लागि २० रुपैयाँ लिदै आएको अस्पतालले अहिले ५० रुपैयाँ पु¥याएको छ । तर, टिकटको शुल्क बढाउँदैमा अस्पताल मुनाफामा जान सक्ने अवस्था छैन । बरु, सेवाग्राही झनै आर्थिक मारमा पर्नेछन् । त्यसैले, सरकारले नै कान्ति बाल अस्पतालको स्तरोन्नतीका लागि आर्थिक सहायता प्रदान गर्नुपर्ने देखिन्छ ।

LIVE TV