७ पुष २०७४, शुक्रबार
  •  सरिना मरासिनी,

नवलपरासी । नेपालमा वैकल्पीक ऊर्जा उत्पादनको सम्भावना अधिक छ । तर, वैकल्पीक ऊर्जा उत्पादनमा सरकारी तवरबाट खासै अग्रसरता देखिएको छैन । सरकाले आवश्यक ध्यान दिन नसके पनि नीजि क्षेत्र भने वैकल्पीक ऊर्जा उत्पादनमा कृयाशील छन् ।

नवलपरासीमा अहिले दैनिक ३ सय सिलिङडर बायोग्यास उत्पादन गर्ने लक्ष सहित बायो ग्यास प्लान्ट स्थापना भएको छ । उत्पादनको परिक्षण समेत भइसकेकाले केही समयपछि नेपाली बजारमा स्वदेशमा उत्पादित बायोग्यास प्रयोग गर्न पाइने भएको छ ।

दैनिक तीन सय सिलिण्डर बायोग्यास उत्पादन गर्ने लक्ष सहित नवलपरासीको रामग्राम नगरपालिका स्थित बन्जरीयामा बायोग्यास प्लान्ट स्थापना भएको छ । २२ करोड लगानीमा स्थापना गरिएको इन्भिपावर ईनर्जी एण्ड फर्टिलाईजर प्रालीले नेपालमा पहिलो पटक ठूलो परिमाणमा बायोग्यास उत्पादन सुरु गरेको हो । इन्भिपावरले उत्पादन गरेको ग्यास होटल तथा विद्यालयहरुमा परिक्षण गरिसकिएको छ ।

पशुको मल, पोल्टी फर्मको सुली, चिनि उद्योग तथा भान्साबाट निस्किएको फोहोर लगागत कच्चा पदार्थको प्रयोगमा ग्यास उत्पादन सुरु गरिएको प्रालीका निर्देशक अभिरत अग्रवाल बताउँछन् ।

सडेगलेका वस्तुहरुलाई संकलन गरि कच्चा पदार्थको रुपम प्रयोग गरेर ग्यास उत्पादन गर्दा वातावरण प्रदुषण नियन्त्ररणमा समेत टेवा पुग्ने कम्पनीको दावी छ । त्यति मात्र होइन अहिले बजारमा प्रयोग भइरहेको एलपीजी ग्यासभन्दा बायोग्यास १७ प्रतिशत कम मुल्यमा उपाभोक्ताले प्रयोग गर्न पाउने प्रालीले दावी गरेको छ ।

त्यस्तै, तापको अनुपातमा अरु ग्यास भन्दा बायोग्यास ३० प्रतिशत बढि हुने, सुरक्षीत र लिकेज भएपनी कम जोखिम हुने दावी गरिएको छ । इन्भिपावरले परिक्षणको रुपमा उत्पादन गरेको बायोग्यास अहिले स्थानीय होटल र बिद्यालयहरुमा खपत भइरहेको छ । तर, आम उपभोत्ताले भने यो ग्यास आगामी तीन महिनापछि मात्र प्रयोग गर्न पाउने प्रालीले जानकारी दिएको छ ।

अहिले परिक्षणकै रुपमा बायोग्यास उत्पादन गरिरहेको इन्भिपावले आगामी तीन महिनापछि दैनिक ३ सय सिलिण्डर बायोग्यास उत्पादन गर्ने लक्ष लिएको छ । प्रालिका अनुसार दैनिक ३ सय सिलिण्डर बायोग्यास उत्पादन गर्न ४० टन कच्चा पदार्द आवश्यक पर्ने छ । नेपालमा बेला–बेला एलपीजी ग्यासको हाहाकार हुने गरेको छ ।

यस्तो अवस्थामा वैकल्पीक ऊर्जा उत्पादनमा नीजि क्षेत्रको अग्रसरतालाई सकारात्मक रुपमा लिन सकिन्छ । तर, वैकल्पीक ऊर्जा उत्पादनमा लागेका नीजि क्षेत्रलाई सरकारले पनि सहयोग गर्नपर्छ ।

LIVE TV