७ पुष २०७४, शुक्रबार

नुवाकोट, ७ पुस । बेलकोटगढी नगरपालिका–६ अर्चलेकी कुन्तुमाया तामाङले ८५ वर्षका उमेरमा नागरिकता बनाउनुभएको छ ।विसं १९८९ भदौ ६ गते जन्मनुभएकी तामाङले जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट बिहीबार वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रजिअ वीरेन्द्र यादवले जानकारी दिनुभयो ।

उहाँको नागरिकता प्रमाणपत्र नंं २५०१७४/०६१२६ रहेको छ । सानै उमेरमा विवाह गरी घरमा बस्दै आउनुभएकी तामाङका श्रीमान् र एक मात्र छोराको समेत मृत्यु भइसकेकाले कागजात जुटाउन नसक्दा नागरिकता प्राप्त गर्नबाट उहाँ वञ्चित हुँदै आउनुभएको थियो ।

तामाङ समुदायको बाहुल्य रहेको उक्त वडाका अर्चले, डडुवालगायत बस्तीमा सचेतना अभावले महिलाहरु नागरिकता लिन वञ्चित हुने गरेका छन् ।
–––

LIVE TV