७ पुष २०७४, शुक्रबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काँग्रेसलाई अध्यादेशका विषयमा देखिएको विवाद सहमतिबाटै समाधान गर्न आग्रह गर्नुभएको छ । उहाँले दलहरु एक भएर दलीय सहमतिबाट नै विवादको निष्कर्षमा पुग्न आग्रह गर्नुभयो ।

शुक्रवार राष्ट्रपति भण्डारीको आव्हनमा राष्ट्रपति कार्यालयमा भएको भेटमा कांग्रेस नेताहरुले राष्ट्रियसभा विद्येयक तत्काल पास गर्न राष्ट्रपति भण्डारीसँग आग्रह गरेका थिए । दलगत रुपमा नहेरि अहिलेको राजनीतिक विवादलाई ध्यानमा राख्दै अध्यादेश प्रमाणीकरण गर्न आग्रह गरेका थिए ।

छलफलको क्रममा राष्ट्रपति भण्डारीले नेताहरुसमक्ष दलीय सहमति जुटाएर तत्काल राष्ट्रियसभा विद्येयक पास गर्ने वातावरण बनाउन आग्रह गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

शुक्रवार भएको भेटवार्तामा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु कृष्ण सिटौला, विमलेन्द्र निधि लगायत सहभागी रहेको थियो ।

LIVE TV