७ पुष २०७४, शुक्रबार

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले आफनो पदीय दायित्व नै मुलुकमा विधिको शासन कायम गराउनु नै रहेको बताउनुभएको छ । ६१ औं बार दिवसको अवसरमा शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश पराजुलीले आफनो कार्याकाल बिधिको शासन कार्यान्वयनमा नै केन्द्रित रहेको बताउनुभएको हो ।

उहाँले बिधिको शासनलाई कार्यान्वयन गराउनमा कानुन व्यवसायीहरुले महत्वपूर्ण भुमिका खेलेकोले बिश्वभर नै कानुन व्यवसायीहरुको इज्जत हुने गरेको बताउनुभयो ।
कार्यक्रममा कानूनमन्त्री यज्ञवहादुर थापाले भर्खरमात्र सम्पन्न भएको निर्वाचन संबिधान कार्यान्वयनमा महत्वपूर्ण रहेको भन्दै कानून व्यवसायीहरुले संविधान कार्यान्वयनका लागि अग्रसर रहनुपर्ने बताउनुभयो ।

बार दिवसको अवसरमा काठमाडौं जिल्ला अदालत, बार एशोसिएसन, उच्च अदालत वार एसोसिएशन पाटनले संयुक्त रुपमा राज्य पुर्नसंरचना कार्यान्वयन सन्दर्भ र नेपाल बार एसोसिएसन बिषयक एक दिवसिय अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका थिए ।

LIVE TV