७ पुष २०७४, शुक्रबार

काठमाडौं । पार्टी एकता र सरकार गठनको विषयमा छलफल गर्न नेकपा एमालेले स्थायी समिति बैठक बोलाएको छ । दिउँसो १ बजे बोलाइएको बैठकमा पार्टी एकताको खाका र सरकार गठनबारे छलफल हुने भएको हो ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पछि एमालेले आफ्नो स्थायी समितिको बैठक बोलाएको छ । बैठकले माओवादी केन्द्रसँगको एकता र सरकार गठनमा ठोस धारणा तयार पार्ने एमाले नेताहरुले बताएका छन् ।

बैठकमा निर्वाचनको समिक्षा गरिनुका साथै राष्ट्रियसभा निर्वाचन सम्बन्धि अध्यादेशमा समेत छलफल हुने बताइएको छ । यस्तै एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक पनि छिटै बस्ने दुवै दलका नेताहरुले जानकारी दिएका छन् ।

दुई दलको आन्तरिक छलफलपछि संयोजन समितिको बैठक बोलाउने तयारी छ । चुनावमा तालमेल गरेका दुई दलका नेताहरुले नयाँ सरकार गठन र पार्टी एकता सँगसँगै गर्ने बताउँदै आएका छन् ।

LIVE TV