
काठमाडौ । छैठौं दि एक्सेलसियर कप अन्तर बिद्यालय खेलकुद प्रतियोगिताको जुनियर छात्र बास्केटबलतर्फ सामाखुसी बोडिङ स्कुल (सेब) र ग्रीनफिल्ड क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।
शुक्रवार भएको जुनियर छात्रतर्फको खेलमा सेबले महामञ्जुश्री ३८–३० को स्कोरमा हराउदै अन्तिम आठमा स्थान पक्का गरेको हो । सेबको जितमा बाबुराम पुनले सर्वाधिक २० स्कोर गरेका थिए ।
उमेश दाहालको महत्वपूर्ण २९ अंकको मद्दतमा ग्रीनफिल्डले एभीएमलाई ४४–७ को फराकिलो अन्तरले हराउदै क्वाटर फाईनलमा स्थान सुरक्षित गर्यो । जुनियर छात्रकै अर्को खेलमा पिपुल्स एकेडेमीले बृहस्पतीलाई ३४–१० को स्कोरमा हराउदा अजय घलेले २८ स्कोर गरे । त्यस्तै सिनियर छात्रतर्फ रेडिअन्टले बृहस्पतीलाई ३६–१९ को स्कोरमा रोक्यो ।
रेडिअन्टको जितमा सुजन थपलियाले सर्वाधिक १३ स्कोर गरेका थिए । स्वयम्भु स्थित दि एक्सेलसियर स्कुलको आर्टिफिसियल खेल मैदानमा भएको सिनियर छात्रको फाइभ ए साइट फुटबलमा आयोजक दि एक्सेलसियरले मिश्रित सफलता हात पारेका छ ।
माउण्डग्लोरीसग ७–० गोलले पराजित भएको दि एक्सेलसियरले दोश्रो खेलमा ओराकललाई ४–२ गोल अन्तरले हरायो । तेश्रो खेलमा भने दि एक्सेलसियरले शिशुनिकुञ्जसँग ४–४ गोलको बराबरी खेल्दै अंक बाढ्यो । सिनियर छात्रकै अर्को खेलमा ब्राइटफ्युचरले द इलाइट को–एटलाई ५–३ गोल अन्तरले हरायो ।