
विराटनगर । एमाले नेता एवं पूर्व सूचना तथा संचार मन्त्री शेरधन राईले प्रदेश नम्बर १ को मुख्यमन्त्रीको सपथ लिएपछि मात्र आफुले विवाह गर्ने बताएका छन् ।
विराटनगरमा शुक्रबार पत्रकारसँग कुराकानी गर्दै ृउनले आफू लहड नभई मुख्यमन्त्रीको पूर्ण तयारी भएपछि प्रदेशसभामा उम्मेदवार बनेको बताउँदै भने, ‘प्रदेशसभाको मुख्यमन्त्रीको सपथ लिएपछि प्रदेश विकासको खाकासहितको कार्यक्रम घोषणा गर्छु अनि मात्र विवाह गर्छु ।’उनुले अहिले सम्म छवी बिग्रने कुनै काम नगरेको र संविधानसभामा जिम्मेवार समितिको सभापति भई काम गरेकोले मूख्य मन्त्रीको दाबेदार भएको जिकिर गरे ।