७ पुष २०७४, शुक्रबार

दार्चुला ।निर्वाचनपछि मतदाताहरुलाई धन्यवाद दिन  निर्वाचित एमाले नेता गणेशप्रसाद ठगुन्ना तुइनमा झुण्डिएर कस्टकर रुपमा महाकाली नदी तरेको दृश्य साँच्चै हास्यास्पद देखिएको छ ।

निर्वाचनपछि मतदाताहरुलाई धन्यवाद दिन जाने क्रममा एमाले नेता ठगुन्नासहित प्रदेशसभा क बाट निर्वाचित एमालेका गेल्बुसिंह बोहोरा र ख बाट निर्वाचित नेकपा माओवादी केन्द्रका मानबहादुर धामी त्यहाँ पुगेका हुन् ।

ठगुन्ना एमालेका नवनिर्वाचित सांसद हुन् । उनी अघिल्लो संविधानसभामा पनि दार्चुलाबाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

LIVE TV