७ पुष २०७४, शुक्रबार

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेललाई पराजित गरी ५ मतले विजयी भएकी माओवादी केन्द्रकी आशा कोइरालालाई तत्काल सांसद पदमा सपथ लिन रोक लगाएको छ।

तनहुँ क्षेत्र नम्बर २ को प्रदेशसभा (क)मा प्रत्यक्षतर्फ निर्वाचित कोइरालालाई सर्वोच्चले बिहीबार पौडेलले दर्ता गरेको रिटमा पहिलो सुनुवाई गर्दै अर्को छलफल नभएसम्म कोइरालालाई सपथ लिन रोक लगाएको हो। सर्वोच्चले विपक्षी निर्वाचन आयोगसँग पनि लिखित जवाफ माग गरी सपथ ग्रहण तथा कामकाज हाल नर्गन अन्तरकालीन आदेश जारी गरेको हो।

सर्वोच्चले अन्तरिम आदेश गर्ने÷नगर्ने विषयमा छलफल गर्न दोस्रो सुनुवाइका बेला सबै पक्षलाई झिकाएको छ। प्रधानन्यायाधीश गोपाल पराजुलीसहित पाँच जना न्यायाधीशको संवैधानिक इजलाशले आयोगलाई छलफलमा बोलाउँदै पुस १९ बुधबारसम्म कोइरालाको सपथ ग्रहणलाई रोक लगाएको हो ।

LIVE TV