७ पुष २०७४, शुक्रबार

प्रदीप
प्रमुख दलहरुको बैठक बिना निष्कर्ष टुंगिएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले छलफलका लागि कांग्रेस नेतालाई बोलाउनुभएको छ । उहाँले अध्यादेशका विषयमा देखिएको विवाद हटाउनका लागि भन्दै काँग्रेसका नेताहरुलाई मात्र समेटने गरि बैठक आव्हान गर्नुभएको हो ।

केहीबेरमा बैठक सुरु हुने राष्ट्रपति कार्यालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला तथा विमलेन्द्र निधि सहभागिता रहेको छ । सरकारले एकल संक्रमणीय प्रणालीबाट राष्ट्रिय सभा सदस्य निर्वा्चित हुने व्यवस्थासहितको अध्यादेश सिफारिस गरेपछि एमाले र माओवादी केन्द्र असन्तुष्ट रहँदै आएको छ ।

LIVE TV