
स्पृहा
समाजमा दिनप्रतिदिन मौलौउदै गरेको जघन्य अपराधिक घटनाहरु बढ्दै गईरहेका छन । प्रहरीका लागि अपराधको घटना र नागरिक सुरक्षा चुनौतीको बिषय बन्दै आएको छ । नेपाल प्रहरीको तथ्यांक अनुसार अपराधले पारेको नकारात्मक असरलाई नियन्त्रण गर्दै अपराधीलाई कानुनको दायरामा ल्याएर पीडितलाई न्याय दिलाउने कार्यमा समेत नेपाल प्रहरी सफल बन्दै गएको छ ।
पछिल्लो तथ्याङ्क अनुसार अवैध सुनको कारोबार , बिटक्वाइन, अवैध बन्यजन्तु पशुपंक्षी ओसारपोसार , बैकिंग कसूर , जबर्जस्ति करणी, बालयौन दुराचार ,मानब बेचबिखन तथा ओसारपोसार प्रहरी अनुसन्धान अनुसार मुख्य प्रहरी अपराधिक सूचीमा परेको छ । गत भदौ १४ गते १५ किलो तस्करीको सुन ल्याउदै गर्दा पेम्बा दोर्जे शेर्पा सहित ७ जना मानिसहरु पक्राउ गर्न प्रहरी सफल भएको थियो ।
त्यसै गरि भदौ १८ गते बिटक्वाइन जस्ता बित्तीय उपकरणको अवैध किनबेच गरि विदेशी विनिमय समेत कारोबार गर्ने प्रशान्त प्रताप शाह समेत ६ जनालाई नेपाल प्रहरीले सफलतापूर्वक पक्राउ गरेको थियो ।निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न फरार रहेका धनराज योंगहांग र बसन्त थेबे सहित समिरमानसिंह बस्न्यातलाइ प्रहरीले पक्राउ गरेको थियो । बालयौन दुराचारको आरोपमा नेपाल प्रहरीले गत असार १५ गते जर्मन नागरिक अल्बर्ट फ्रेडलाइ ठमेल बाट पक्राउ गरेको थियो ।
अनधिकृत र गैरकानूनी रूपमा बैंकिंग कसूर गत भदौ २५ गते बिदेशी नागरिक मित्कोस्टोयानोभमितेभ लाइ पक्राउ गरेको थियो । यसरी आपराधिक गतिबिधि नियन्त्रणका लागि विभिन्न पहल र प्रयास भइरहदा पनि अपराधका घटनाहरु रोकिएको छैन । प्रहरी प्रधान कार्यालयका प्रवक्ता मनोज न्यौपानेले आपराधिक गतिबिधिलाइ नियन्त्रण गर्न सबैको सहयोग आवश्यक रहेको बताउदै पछिल्लो समयको अनुपातमा नेपाल प्रहरी ,सशस्त्र प्रहरी तथा सम्पूर्ण सुरक्षा निकायले आपराधिक गतिविधिहरुलाई नियन्त्रण गर्न सफल भएको जिकिर गर्नुभयो ।
समाजको शान्ति, सुव्यवस्था र न्यायमा अपराधले पारेको नकारात्मक असरलाई नियन्त्रणमा राख्न सम्पूर्ण सुरक्षा निकायमा गूलो जिम्मेवारी रहेको छ । नेपाल प्रहरीले यस्ता जघन्य अपराधमा संलग्न ३० हजार १ सय ५८ अभियुक्त दुई बर्षको दौरानमा पक्राउ गरिसकेको छ ।