७ पुष २०७४, शुक्रबार

मितेरी बैंकद्वारा विद्यार्थीलाई जाडोमा स्विटर बितरण

धरान । मितेरी विकास बैंकले सामुदायिक स्कुलका विद्यार्थीहरुलाई स्वेटर प्रदान गरेको छ । बिहीबार धरान–१६ को भगवति निमाविका १२५ विद्यार्थीहरुलाई स्कुलका विद्यार्थीहरुलाई स्विटर प्रदान गरेको हो ।

बैंकले हरेक वर्ष सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामग्रीहरु वितरण गर्ने गरेको छ । बैंकले करिव ६० हजार मूल्य बराबरको स्वेटर स्कुलका विद्यार्थीहरुलाई प्रदान गरेको सञ्चालक समितिका सदस्य किशन मास्केले बताए ।

LIVE TV