७ पुष २०७४, शुक्रबार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलिय बैठक शुरु भएको छ । राष्ट्रिय सभा र सरकार गठनका विषयमा राजनीतिक गतिरोध बढेपछि सर्वदलिय बैठक आह्वान गरेको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पाँच पार्टी सहभागी रहेका छन् । बैठकमा प्रधानमन्त्री देउवासहित नेपाली काँग्रेसका नेताद्वय रामचन्द्र पौडेल तथा विमलेन्द्र निधि रहेका छन् । त्यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओलीसहित माधवकुमार नेपाल, सुवास नेम्वाङ रहेका छन् । माओवादीबाट अध्यक्ष प्रचण्ड, नेता नारायाणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल रहेका छन् ।

मधेसवादी दलबाट संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव तथा राजपा नेपालको अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर रहेका छन् ।सत्तारुढ दल नेपाली काङ्ग्रेसले निर्वाचन परिणाम सार्वजनिक गर्न अघि राष्ट्रपछि कार्यालयमा अड्किएर रहेको राष्ट्रिय सभा गठनबारे अध्याधेश जारी गर्न पर्ने अडान राखेको छ ।

 

 

LIVE TV