७ पुष २०७४, शुक्रबार

पर्वत। मुलुकको विकासका लागि राज्य मात्र होइन, नागरिकको पनि उत्तिकै दायित्व हुन्छ । तर, पोखरा– बागलुङ राजमार्ग अन्तर्गत पर्वतखण्डमा राखिएका कन्भेक्स मिरर चोरी हुन थालेको छ । जसका कारण दुर्घटनाको जोखिम बढेको देखिएको छ ।

कातिकको अन्त्यतिर सडक डिभिजन कार्यालय बागलुङको सहयोग तथा जिल्ला ट्राफिक कार्यालय पर्वतको सहकार्यमा पोखरा बागलुङ राजमार्गको पर्वत खण्डमा ३० वटा ऐना जडान गरिएको थियो । जसका कारण दुर्घटनामा समेत कमी आएको थियो । तर, पछिल्ला दिनहरुमा ऐना चोरी हुन थालेको छ । लाखौं रुपैयाँ खर्चेर जुन उद्देश्यका साथ ऐना जडान गरेपनि अहिले सुरक्षाको अभावमा औचित्यहिन बन्दै गएका छन् । सुरक्षा गर्ने जिम्मेवारी आम नागरिकको पनि हो ।यता जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले भने ऐनाको सुरक्षाका लागि कार्यालयले पहल गरिरहेको बताएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख महेन्द्र रानाभाटले पर्वत क्षेत्रमा पर्ने सडक खण्डमा राखिएका ऐनाको सुरक्षाका लागि आफूहरु प्रयत्नशील रहेपनि रातिको समयमा चोरी हुने गरेको बताउनुभयो । सडकमा रहेका सम्पती आफ्नै हो भन्ने अनुभुति गर्न जरुरी छ । सडक सुरक्षाका लागि राखिएका त्यस्ता सामाग्री हराउँदै जादा नागरिकले आफ्नो दायित्व विर्सन हुँदैन ।

LIVE TV